लुम्बिनी विकास बैंकका नव नियुक्त स्वतन्त्र सञ्चालक क्षेष्ठद्वारा सपथ ग्रहण


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
लुम्बिनी विकास बैंकका नव नियुक्त स्वतन्त्र सञ्चालक क्षेष्ठद्वारा सपथ ग्रहण

लुम्बिनी विकास बैंकले फागुन ३० गते सञ्चालक समितीमा नियुक्त भएका स्वतन्त्र सञ्चालक जय देव श्रेष्ठलाई संस्थाका अध्यक्ष चिन्तामणि भट्टराइद्वारा सपथ ग्रहण गराएको छ । स्वतन्त्र सञ्चालक श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट कानुन संकायमा स्नातक, एम.पि.ए. र एम.बि.ए. उपाधि हासिल गरेका छन् ।

उहाँले सरकारी निकायहरुको अधिकृत देखि सह–सचिव सम्मको उच्च पदमा रहि ३७ वर्ष भन्दा बढि सेवा गर्नु गरेका थिए। साथै, उहाँले ऋण असुली न्यायाधिकरणमा लेखा सदस्यको जिम्मेवारी समेत सफलता पूर्वक निर्वाह गरेका थिए । सपथ ग्रहण पश्चात बैंकका सञ्चालकहरु तथा व्यवस्थापनबाट स्वतन्त्र सञ्चालक क्षेष्ठलाई स्वागत गरिएको थियो । 

देशका सात वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंकले ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर)बाट वित्तीय सेवा प्रभाव गरिरहेको छ । “निरन्तर सहयात्रा” भन्ने नाराका साथ  बैंकले उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले बचत निक्षेप खाताहरुमा उच्चतम ब्याज प्रदान गर्ने विशेष योजना कार्यान्वयनमा ल्याएको जनाएको छ ।

  • EBL