लुम्बिनी विकास बैंकद्वारा एकै हप्तामा एक हजारभन्दा बढी विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम -


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
लुम्बिनी विकास बैंकद्वारा एकै हप्तामा एक हजारभन्दा बढी विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम -

काठमाडौँ । लुम्बिनी विकास बैंकले सातै प्रदेशमा रहेका आफ्ना शाखा कार्यलयहरु मार्फत वित्तीय साक्षरताको कार्यक्रम संचालन गरेको छ । बैंकले “GLOBAL MONEY WEEK 2024” को अवसरमा विभिन्न विद्यालयमा अध्ययनरत करिब एक हजार विद्यार्थीहरुलाई वित्तीय साक्षरता अभिवृद्वि, वित्तीय ज्ञान, मनोवृत्ति विकास गराउने उद्देश्यले उक्त कार्यक्रम गरेको हो ।

युवा विद्यार्थीहरुलाई बैंकले गर्ने कार्यहरु बचत निक्षेप, कर्जा लगानी, विप्रेषण, डिजिटल बैंकिङ्ग लगायतका विषयहरु समेटि विद्यालयहरुमा नै वित्तीय साक्षरता कक्षा सञ्चालन गरेको थियो । साथै, उक्त अवसरमा बैंकका शाखा कार्यालयहरुबाट वित्तीय जानकारी मुलक प्लेकार्डहरु प्रदर्शन गर्दै प्रभातफेरी कार्यक्रम समेत आयोजना गरेको छ ।

Protect your money, secure your future”  भन्ने नाराका साथ यो वर्ष (२०२४) को GLOBAL MONEY WEEK, १८ देखि २४ मार्चमा युवा विद्यार्थीहरुलाई लक्षित गरी बैंकले सो कार्यक्रमहरु सम्पन्न गरको थियो । यसबाट बैंकिङ्ग प्रणली सुद्रिढ हुनुका साथै युवा विद्यार्थीहरुमा वित्तीय ज्ञानको विकास हुने बैंकको विश्वास छ ।

बैंकले देशका सातै प्रदेशका विभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) बाट वित्तीय सेवा प्रभाव गरी राखेको छ ।

बैंकले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । साथै बैंकले ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यका साथ बचत तथा निक्षेप खाताहरुमा उच्चतम ब्याज प्रदान गर्ने विशेष योजना कार्यान्वयनमा ल्याएको जनाएको छ ।

  • EBL