राष्ट्र बैंकको विराटनगर कार्यालयद्वारा वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
राष्ट्र बैंकको विराटनगर कार्यालयद्वारा वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन

ग्लोबल मनी विक २०२४ (चैत ५– ११) को अवसरमा नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ । चैत ५ गते विराटनगर महानगरपालिका भित्र रहेका उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरु सहभागी गराई निबन्ध प्रतियोगिता आयोजना गरेको बैंकले सोही दिन विराटनगरस्थित महेन्द्र माध्यमिक विद्यालयमा प्राथमिक तहमा अध्ययनरत विद्यार्थीहरुलाई खुत्रुके वितरण गरेको थियो ।

युवा विद्यार्थीलक्षित वित्तीय चेतना अभिवृद्धि कार्यक्रमलाई प्राथमिकता दिँदै बैंकले चैत ६ गते सुनसुरी जिल्लाको भुटाहास्थित बालकृष्ण माध्यमिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययरत ५० जना विद्यार्थीहरुलाई र चैत ८ गते कटहरी गाउँपालिका ७ थलाहास्थित जनता माध्यमिक विद्यालयका कक्षा ११ मा अध्ययनरत ६० जना  विद्यार्थीहरुलाई सहभागी गराई सम्बन्धित विद्यालयमा नै बचत, लगानी, कर्जा, बीमा, बिप्रेषण, डिजिटल बैंकिङ लगायतका विषयहरु समेटेर कक्षा सञ्चालन गरेको थियो । कार्यक्रमा नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयका निर्देशक इन्द्रा चम्लागाई मैनालीले विद्यार्थीहरुलाई आफुले सिकेको ज्ञान अभिभावक, साथीभाई, छिमेकीहरुमा पनि बाड्न अनुरोध गरेकी थिइन् ।

Read More
  • EBL