माछापुच्छ्रे बैंकबाट उपेन्द्र महतोको परिवार बाहिरिएको छ । उपेन्द्र महतो र उनको परिवारमा रहेको शेयर आज नेप्सेमा किनबेच भएको हो ।
आज उनीहरुले आफ्नो नाममा रहेको बैंकको १ करोड ७ लाख ३७ हजार कित्ता संस्थापक शेयर नेप्से मार्फत बिक्री गरेका हुन् । यस क्रममा आज बैंकको संस्थापक शेयरको १ अर्ब २१ करोड ३२ लाख ८१ हजार रुपैयाँको शेयर कारोबार भएको छ।