ग्लोबल मनी वीकको अवसरमा कुमारी बैंकले सुरु गर्यो रिकरिङ्ग निक्षेप गोल क्याल्कुलेटर


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
ग्लोबल मनी वीकको अवसरमा कुमारी बैंकले सुरु गर्यो रिकरिङ्ग निक्षेप गोल क्याल्कुलेटर

काठमाडौं, विगत २५ वर्षदेखी उत्कृष्ट वित्तीय सेवाहरु प्रदान गर्दै आएको नेपालको अग्रणी वित्तीय संस्था कुमारी बैंकले आफ्नो नवीनतम डिजिटल उपकरण रिकरिङ्ग निक्षेप क्याल्कुलेटर सार्वजनिक गरेको छ । बैंकले ग्लोबल मनी वीकको १२ औँ संस्करणको अवसरमा उक्त सेवा आफ्नो वेवसाइट मार्फत उपलब्ध गराएको हो।

ग्लोबल मनी वीक एक विश्वव्यापी वार्षिक वित्तीय चेतना जगाउने अभियान हो, जसले युवाहरुलाई सानै उमेर देखी आर्थिक रूपमा सचेत गराउने, वित्तीय चुनौतीहरुको पहिचान र सो समाधानका उपायहरु सिकाउने गर्दछ। सोही अभियानको अवसरमा बैंकले उक्त सेवा सुचारु गरेको जनाएको छ।

प्रयोगकर्तामैत्री उक्त क्याल्कुलेटरले ग्राहकहरूलाई निश्चित रिकरिङ्ग निक्षेप लगानीबाट सम्भावित प्रतिफल अनुमान गर्न र वित्तीय योजनामा अझ बढी स्पष्टताको साथ सशक्त बनाउन सहयोग गर्ने बैंकले जनाएको छ । यस क्याल्कुलेटरको प्रयोगबाट बचतकर्ताले बचतको रकम र समयावधी मात्र राखेर भविष्यमा जम्मा हुन सक्ने बचत, प्रतिफलका साथै समग्र बचत वृद्धिका सम्भावनाहरु अनुमान गर्न मद्दत गर्ने सक्ने बैंकले जनाएको छ ।

बैंकले रिकरिङ्ग निक्षेप योजनामा जोडिन प्रोत्साहन गर्दै अन्य धेरै डिजिटल उपकरणहरु इ एम आइ क्याल्कुलेटरहरु पनि वेवसाइटमा उपलब्ध गरेको जनाएको छ । यो सेवा निः शुल्क प्रयोग गर्न तत्कालको लागी कुमारी बैंकको वेबसाइटमा जान सकिन्छ भने मोबाइल एपमा छिटै उपलब्ध हुने बैंकले जनाएको छ ।

कुमारी बैंकले देशव्यापी ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ६५ शाखारहित बैंकिङ्ग ईकाई तथा ५१ एक्सटेन्सन काउन्टर मार्फत अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ । आगामी दिनहरुमा बैंकका वित्तीय सेवाहरुलाई अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट बनाउनुका साथै डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लानका लागि बैंक प्रतिवद्ध रहेको जनाएको छ ।

Kumari Bank Financial Goal Calculator

  • MBL - below news
  • EBL Ad news