काठमाडौँ । अन्तराष्ट्रिय सामाजिक सञ्जाल भाइबर नेपालमा सूचीकृत हुने पहिलो सामाजिक सञ्जाल बनेको छ । समाजिक सञ्जाल निर्देशिका–२०८० अनुसार सूचीकृत भएर भाइबर नेपालमा सूचीकृत हुने पहिलो सामाजिक सञ्जाल बनेको हो ।
हाल भाइबरसहित अन्य सामाजिक सञ्जालहरु पनि धमाधम सूचीकृत भइरहेको सञ्चार मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार एक लाख भन्दा बढी प्रयोगकर्ता भएका सामाजिक सञ्जाल सञ्चालनका लागि अनिवार्य रुपमा सामाजिक सञ्जाल निर्देशिका अनुसार दर्ता हुनुपर्नेछ । यसरी दर्ता हुने अन्तराष्ट्रिय सामाजिक सञ्जालले नेपालमै कार्यालय स्थापनासमेत गर्नुपर्नेछ । निर्देशिकाअनुसार दर्ता नभएर कुनै पनि बेला सामाजिक सञ्जाल बन्द हुनसक्ने मन्त्रालयले जनाएको छ ।








