काठमाडौं । नबिल बैंकले ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर निष्कासन गर्ने भएको छ । बैंकको बिहिबार बसेको संचालक समितिको बैठकले नेपाल राष्ट्र बैंक लगायत नियमनकारी निकायको स्विकृति प्राप्त भएमा ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर निष्कासन गर्ने निर्णय गरेको हो ।
बैंकले रू. १०० का दरले ५ करोड इकाई अर्थात रू. ५ अर्ब बराबरको ८ प्रतिशत लाभांश दर कायम गरी मुनाफा भएको बर्ष मात्र मुनाफा वितरण हुने र शेयरको रकम फिर्ता नहुने फ्रकृतिको अग्राधिकार शेयर व्यक्तिगत तवर बाट मात्र बित्री गरिने गरि जारी गर्ने पस्ताव गरेको हो।








