कृषि विकास बैंकले नेपाली महिला फुटवल टिमलाई ६ लाख ७० हजार रुपैयाँ प्रदान गरेको छ । West Asian Football Federation Women's Championship 2024 प्रतियोगितामा नेपाली महिला फुटवल टिम उपविजेता हुन सफल भएकोमा उक्त रकम बैकले वितरण गरेको हो।
उक्त खेलमा सहभागी खेलाडी, प्रशिक्षक लगायत टिममा संलग्न सदस्यहरुलाई प्रोत्साहित गर्नको लागि अखिल नेपाल फुटवल संघ (एन्फा) मार्फत नगद पुरस्कार स्वरुप उक्त रकम बैंकले प्रदान गरेको जनाएको को छ । बैंकले विभिन्न शिर्षकमा सो रकम वितरण गरेको छ।







