काठमाडौँ । अहिले विश्वमानै आपाराधिक मनसाय बोकेकाहरुले विभिन्न देशका नोटहरु नक्कली बनाउने गरेका हुन्छन् । नेपालमा पनि कहिलेकाहीँ नक्कली नोट बनाउने गिरोह सक्रिय रहेको पाइन्छ ।
नेपाल सरकार वा नेपालराष्ट्र बैंक, विदेशी सरकार वा अधिकार प्राप्त विदेशी संस्थालेको निकालेको हो भनि भान पार्ने वा अन्य विश्वास हुने गरी अनाधिकृत रुपमा बनाएको नक्कली मुद्रालाई जाली नोट हो भनी बुझ्नु पर्दछ ।
नेपाली बजारमा छिटफुट नेपाली तथा विदेशी नक्कली नोट पनि देखा पर्ने गरेको छ । बजारमा नक्कली नोट गएको हुनसक्ने आशंकामा प्रहरीले सबैलाई बेलाबखत सचेत हुन आग्रह गरी रहेको हुन्छ।
यदी तपाइले कहीँ कतैबाट थाहा पाएर वा नपाएर नक्कली नोट पाउनु भयो र तपाइले त्यस नक्कली नोटलाई फेरी कसैलाई लेनदेनमा दिन खोज्नु भयो भने तपाइनै कानुनी रुपमा सजाएको हकदार बन्नु हुनेछ । त्यसैले बेलैमा आफूले प्राप्त गरेको नोट सक्कली वा नक्कली हो भनि ढुक्क हुनु होला ।
यदी नक्कली नोट प्राप्त गर्नु भएमा तुरुन्त नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा सम्पर्क गर्न प्रहरीले बेलाबखत अनुरोध गरिरहेको हुन्छ ।
यदि कसैले नक्कली नोट हो भनि जानी जानी सक्कली सरह चलन गर्ने नियतले त्यस्तो नोट खरिद वा विक्री गर्न, निकाशि वा पैठारी गर्न, लेनदेन गर्न, सक्कली सरह चलनमा ल्याउन वा त्यसको उद्योग गर्न वा आफुसँग राखेमा कानुनी सजाए हुने व्यवस्था छ ।
यदी यस्तो गरेको पाइएमा त्यस्तो व्यक्तिलाई नोटको परिमाण र मूल्य विचार गरी पाँच वर्षदेखि १० वर्ष सम्म कैद र पचास हजारदेखि एक लाख रुपयाँसम्म जरीवाना हुने कानुनी प्रावधान रहेको छ ।
नेपाल राष्ट्र बैंक जाली नोट तथा खोटो सिक्का सम्बन्धी नियामावली, २०७७
नेपाल राष्ट्र बैंकको सफा नोट नीतिसम्बन्धी महत्वपूर्ण जानकारी
सफा नोट नीति सम्बन्धी नेपाल राष्ट्र बैंकको सचेनतामूलक भिडियो सन्देस ।








