नेपाल र भारतबीच अन्तरदेशीय भुक्तानी शुरू गर्न नियामकीय संयन्त्र


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल र भारतबीच अन्तरदेशीय भुक्तानी शुरू गर्न नियामकीय संयन्त्र

काठमाडौं । नेपाल र भारतबीच अन्तरदेशीय भुक्तानी (क्रश बोर्डर पेमेन्ट) सेवा शुरू गर्न नियामकीय संयन्त्र स्थापना हुने भएको छ । क्रश बोर्डर पेमेन्ट सञ्चालनका लागि दुई देशबीच औपचारिक सम्झौता भएको ८ महीनापछि बल्ल प्राविधिक तयारी अघि बढेको हो । भारतमा पेमेन्ट स्वीचको काम गरिरहेको युनाइटेड पेमेन्ट इन्टरफेस (यूपीआई) र नेपालमा पेमेन्ट स्वीचको काम गरिरहेको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआईबीच बिहीवार द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गर्ने समझदारी भएको छ । क्रसबोर्डर पेमेन्ट शुरू गर्नुअघि आवश्यक तयारी अघि बढाउन संयन्त्र बनाइएको नेपाल राष्ट्र बैंकले बताएको छ । 

Read More
  • MBL - below news
  • EBL Ad news