१ अर्ब बराबरको म्युचुअल फण्ड ल्याउदै गरिमा क्यापिटल, बोडसँग माग्यो अनुमति


  • ADBL
  • City Express
१ अर्ब बराबरको म्युचुअल फण्ड ल्याउदै गरिमा क्यापिटल, बोडसँग माग्यो अनुमति

काठमाडौं । गरिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित हुने ‘गरिमा समृद्धि योजना’ निष्कासनको प्रक्रिया अगाडि बढेको छ ।

यो योजनाका इकाइहरु बिक्रीका लागि योजना व्यवस्थापन गरिमा क्यापिटलले नेपाल धितोपत्र बोर्ड सेबोनमामा अनुमति मागेको हो । क्यापिटलले माघ २८ गते निवेदन दिएको हो । सेबोनले  अनुमति दिएपछि इकाईहरु निष्कासन हुनेछन् । 
यस योजनाको आकार १ अर्ब रुपैयाँबराबरको रहेको छ । गरिमा क्यापिटलले यो योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाई निष्कासन गर्नेछ ।
गरिमा समृद्धि योजना एउटा बन्दमुखी योजना हो ।

Read More