मुक्तिनाथ विकास बैंकसहित अन्य विकास बैंक तथा फाइनान्स कम्पनीहरू राष्ट्र बैंकको कारवाहिमा -


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
मुक्तिनाथ विकास बैंकसहित अन्य विकास बैंक तथा फाइनान्स कम्पनीहरू राष्ट्र बैंकको कारवाहिमा -

नेपाल राष्ट्र बैंकको नियम विपरित काम गर्ने, निर्देशन नमान्ने  मुक्तिनाथ विकास बैंक सहित नारायणी र सप्तकोशि डेभलपमेण्ड बैंकलाई राष्ट्र बैंकले कारवाहि गरेको छ। राष्ट्र बैंकको कारवाहिमा पर्नेमा फाइनान्स कम्पनीहरु प्रोगेशिभ फाइनान्स, गुडविल फाइनान्स र गुहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेड पनि रहेका छन् ।

मुक्तिनाथ विकास बैंकलाई संस्थाबाट व्यक्तिगत तथा सामुहिक जमानीमा प्रवाह भएको विपन्न वर्ग कर्जाका ग्राहकबाट शुल्क लिई खडा गरेको ग्राहक संरक्षण कोषमा जम्मा भएको रकम कम्पनी ऐनको दफा ९३, संस्थाको ग्राहक संरक्षण कोष सञ्चालन कार्यविधि, २०७९ तथा संस्थागत सुशासनको मर्म र भावना विपरीत निर्णय गरी ऋणी ग्राहक सदस्यको सामुहिक हित नहुने अन्य उद्देश्यमा खर्च गरेकाले राष्ट्र बैंकले कारवाहि गरेको हो ।

त्यस्तै उक्त रकम मुक्तिनाथ विकास बैंकले पछि फिर्ता गरेको भनी जानकारी गराएको भएतापनि नीति विपरित ग्राहक संरक्षण कोषको प्रयोगबाट वित्तीय संस्थाका निक्षेपकर्ता  र सर्वसाधारणको हित विपरीतको कार्य भएको पाइएकोले सो सम्बन्धी निर्णय प्रक्रियामा संलग्न संस्थाको सञ्चालक समिति, सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाइ नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम राष्ट्र बैंकले सचेत गराइएको हो । 

त्यस्तै सप्तकोशी डेभलपमेण्ड बैंकलाई संस्थाको समष्टिगत स्थलगत निरीक्षणको क्रममा संस्थाका स्वतन्त्र सञ्चालकलाई निजको पहिलो कार्यकाल समाप्त भएपश्चात समेत निज स्वतन्त्र सञ्चालककैे हैसियतमा सञ्चालक समितिको बैठकमा निरन्तर उपस्थित गराई निर्णय प्रक्रियामा सहभागी गराएको र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १५ को उपदफा (१) मा भएको व्यवस्था विपरित निजलाई दोश्रो कार्यकालका लागि समेत स्वतन्त्र सञ्चालकको रुपमा पुनः नियुक्त गरेको पाईएकोले अब उप्रान्त त्यस किसिमको कार्य नगर्न संस्थाको सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराइएको । साथै, सो कानुनी व्यवस्थासम्मत नहुने गरी दोश्रो कार्यकालका लागि नियुक्त निज स्वतन्त्र सञ्चालकलाई तत्काल हटाई जानकारी गराउन नेपाल राष्ट्र बैंक, २०५८ को उपदफा (२) को खण्ड  (ङ) बमोजिम आदेश दिइएको ।  

सप्तकोशी डेभलपमेण्ड बैंकलाई संस्थाको समष्टिगत स्थलगत निरीक्षणको क्रममा यस बैंकले जारी गरेको आधार दर गणना सम्बन्धी कार्यविधि, २०६९ बमोजिम गणना गर्नुपर्ने कर्जाको आधार दरलाई संस्थाको प्रमुख कार्यकारी अधिकृतले यस बैंकको निर्देशन विपरित आफनो तजविजले एकै महिनामा पटक पटक ऋयचभ द्यबलपष्लन क्थकतझ मै गई आधार दर परिवर्तन गरेको पाइएको र उक्त कार्यबाट कर्जाको आधार दर सम्बन्धी यस बैंकका पेश हुँदै आएको विवरण समेत यथार्थ नभएको पाइएकाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराई त्यस्तो कार्य तत्काल बन्द गर्न राष्ट्र बैंकले निर्देशन दिइको हाे।

त्यसै गरि नारायणाी डेभलपमेण्ट बैंकलाई राष्ट्र बैंकले रु.१२,८४६।२८ नगद जरिवाना गराएको छ । संस्थाले २०८० साउन देखि असोजसम्मको अवधिमा पहिलो पटक PO3, दोश्रो पटक PO4 र तेस्रो पटक PO5 मा नियामकीय व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात रकम कायम नगरेको हुँदा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ४७ तथा यस बैंकबाट जारी इ.प्रा. निर्देशन नं.१३/०८० को बुँदा नंं १ को उपबुँदा ३, ४ र ५ र इ.प्रा. निर्देशन नं. २१/८० को बुँदा नं. ७ (संशोधन समेत) मा भएको ब्यवस्था बमोजिम संस्थालाई राष्ट्र बैंकले जरिवना गराएको हो ।

त्यस्तै संस्थाको कर्जा–निक्षेप अनुपात (CD Ratio) २०८० साउनमा पहिलो पटक र भदौमा दोश्रो पटक यस बैंकबाट जारी गरिएको एकीकृत निर्देशन, २०८० को निर्देशन नं. ५ को बँुदा नं. ६ को उपबुँदा नं (६) मा तोकिएको अधिकतम ९० प्रतिशतको सीमाभन्दा बढी रहेको पाइएकोले संस्थालाई एकीकृत निर्देशन, २०८० को निर्देशन नं. ५ को बँुदा नं. ६ को उपबुँदा नं (७) अनुसार कुल रु.२,४१,९२४।०१ हर्जाना लगाइएको हो। 

  • EBL