एनआईसी एशिया बैंकको सञ्चालक समितिले बैंकका डेपुटी सीईओ सुधिर पाण्डेले दिएको राजीनामा अस्वीकृत गरिदिएको छ ।
शनिबार बसेको सञ्चालक समितिको बैठकले डेपुटी सीईओ पाण्डेको राजीनामा अस्वीकृत गरिदिएको हो । उनको राजीनामा बैंकका सिइओ रोशन न्यौपानेले सञ्चालक समितिको बैठकमा पेश गरेका थिए ।








