काठमाडौँ । एनआईसी एशिया बैंकलाई नेपाल राष्ट्र बैंकले कार्वाहीको तयारी गरेको छ । सीमा मिचेर घरजग्गा ऋण प्रवाह गरेको पाईएपछि नियामक राष्ट्र बैंकले एनआईसी एशियालाई कार्वाही गर्ने तयारी गरेको हो ।
बैंकले घरजग्गा कर्जा प्रवाह गर्दा एकीकृत निर्देशन, २०८०को उल्लंघन गरेको पाईएपछि कार्वाहीको तयारी गरिएको राष्ट्र बैंक स्रोतको दाबी छ । राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन, २०८० अनुसार बैंक तथा वित्तीय संस्थाहरुले आफूले प्रवाह गरेको कुल कर्जाको २५ प्रतिशतसम्म मात्रै घरजग्गा कर्जा प्रवाह गर्न पाउँछन् । तर, एनआईसी एशिया बैंकले भने घरजग्गा क्षेत्रमा मात्रै ३० प्रतिशतभन्दा बढी ऋण प्रवाह गरेको पाईएको छ ।








