आवासीय कर्जामा उच्च वृद्धि देखिएपछि एनआइसी एसिया बैंकमाथि अनुसन्धान


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
आवासीय कर्जामा उच्च वृद्धि देखिएपछि एनआइसी एसिया बैंकमाथि अनुसन्धान

एनआइसी एसिया बैंकको आवासीय कर्जामा उच्च वृद्धि देखिएपछि राष्ट्र बैंकले त्यसको अनुसन्धान गर्ने भएको छ।

गत असारमा बैंकले आवासीय कर्जामा ५४ अर्ब ९८ करोड रूपैयाँ लगानी गरेको 'वासल-३' अनुसारको आफ्नो रिपोर्टमा देखाएको थियो। तर पुसमा बैंकले सार्वजनिक गरेको यही वासल-३ अनुसारको रिपोर्टमा भने यस्तो कर्जा ७९ अर्बले वृद्धि भएर एक खर्ब ३३ अर्ब रूपैयाँ पुगेको थियो।

'बैंकको आवासीय कर्जामा उच्च वृद्धि देखिएपछि यसको अनुसन्धान गर्नुपर्ने देखिएको हो,' राष्ट्र बैंकका सुपरिवेक्षण विभाग प्रमुख तथा कार्यकारी निर्देशक देवकुमार ढकालले भने।

Read More
  • MBL - below news
  • EBL Ad news