काठमाडौं। कालंगा हाइड्रो लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । हाइड्रोले १०० रुपैयाँ अंकित मूल्यमा ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता सेयरमध्ये ३४ करोड ९० लाख रुपैयाँ बराबरको ३४ लाख ९० हजार कित्ता सेयर ज्योति क्यापिटल लिमिटेडले प्रत्याभूति गर्ने भएको छ ।
बिहीबार क्यापिटल र हाइड्रोपावर कम्पनीबीच सेयर प्रत्याभुति गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो । कालंगा हाईड्रो लिमिटेडको रजिष्टर्ड कार्यालय, धोबिघाट , ललितपुरमा आयोजित एक समारोहबिच ज्योति क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल, कालंगा हाईड्रो लिमिटेडको तर्फबाट सञ्चालक तिर्थराज चटौतले शेयर प्रत्याभुति गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।