कालंगा हाईड्रो लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गर्ने आईपीओको प्रत्यभूति ज्योति क्यापिटलले गरेको छ । बिहिबार क्यापिटल र हाइड्रोपावर कम्पनीबीच शेयर प्रत्याभुति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौतामा ज्योति क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल, र कालंगा हाईड्रो लिमिटेडको तर्फबाट सञ्चालक तिर्थराज चटौतले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार कालंगा हाईड्रोले निष्काशन गर्ने शेयर पूर्ण रुपमा बिक्री नभएमा बिक्री नभएको शेयर ज्योति क्यापिटलले खरिद गर्ने छ ।