कृषि विकास बैंकले ल्यायो ओभरड्राफ्ट क्रेडिट कार्ड, डेविट र क्रेडिट कार्ड बोक्नुपर्ने झन्झटबाट मुक्त


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
कृषि विकास बैंकले ल्यायो ओभरड्राफ्ट क्रेडिट कार्ड, डेविट र क्रेडिट कार्ड बोक्नुपर्ने झन्झटबाट मुक्त

काठमाडौं । कृषि विकास बैंकले आफ्नो ५७ औं वार्षिकोत्सवको अवसर पारेर ओभरड्राफ्ट क्रेडिट कार्डको शुभारम्भ गरेको छ । बैंकको ५७ औं वार्षिकोत्सवका दिन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको उक्त सेवाको उद्घाटन गरेका थिए । उक्त सेवा प्राप्त गरेपछि डेबिट कार्ड र क्रेडिट कार्ड बोक्नुपर्ने झन्झटबाट मुक्त भइनेछ । 

बैंकमा भएको तलवी खातामा रकम मौज्दात सकिएपछि रु. २ लाखसम्म ओभरड्राफ्ट सुविधा प्राप्त गर्नुका साथै यस कार्डको प्रयोगपश्चात एउटै खाताबाट बचतमा ब्याज पाइने, कर्जाको सावाँ र ब्याज तिर्न पाइने बैंकले जनाएको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news