लक्ष्मी सनराइज बैंकद्वारा विश्वव्यापी अनलाइन कारोबार स्वीकार गर्ने ई–कमर्स अक्वायरिङ सेवा सुचारु


  • KBL News Ad
  • ADBL
  • City Express
 लक्ष्मी सनराइज बैंकद्वारा विश्वव्यापी अनलाइन कारोबार स्वीकार गर्ने ई–कमर्स अक्वायरिङ सेवा सुचारु

लक्ष्मी सनराईज बैंकले “ई–कमर्स अक्वायरिङ गेटवे” सेवा संचालनमा ल्याएको छ । नेप्स अन्तरर्गत ई–कमर्स अक्वायरिङ गर्नेमा लक्ष्मी सनराईज बैंक पहिलो बनेको छ । यो सेवा नेप्स र VISA को सहायक संस्था, Cybersource संगको सहकार्यमा विकास गरिएको बैंकले जनाएको छ ।

यस सेवाको संचालन पश्चात् अब लक्ष्मी सनराईज बैंकका व्यापारी ग्राहकहरुले ई–कमर्स प्लेटफर्म मार्फत अनलाइन भुक्तानी स्वीकार गर्न सक्ने छन् । ई–कमर्स अक्वायरिङ गेटवे व्यापारीवर्गहरुको निम्ती ग्राहक मार्फत भुक्तानी लिनको लागि सजिलो मध्यम हुने बैंकले अपक्षा गरेको छ। 

उक्त प्लेटफर्मबाट व्यापारीहरुले विश्वव्यापी रुपमा अनलाइन कारोबार पनि स्वीकार गर्न सक्नेछन् ।  त्यस्तै उपभोक्ताहरूले भौतिक उपस्थितिको आवश्यकताबिना छिटो र सहज रूपमा कार्डमार्फत् अनलाइन भुक्तानी सेवा प्राप्त गर्न सक्नेछन् । यो सुविधाले देशको ई–कमर्स कारोबार बढाउन सहयोग गर्ने बैंकको जनाएको छ।

  • EBL Ad news