काठमाडौँ — विश्वमा सबैभन्दा धेरै स्मार्टफोन विक्रेताका रूपमा एप्पल पहिलो स्थानमा आएको छ । सन् २०१० यता पहिलो पटक अमेरिकी ब्रान्ड एप्पल विश्वकै ठूलो फोन निर्माता कम्पनी बन्न सकेको हो । विगत तेह्र वर्षदेखि स्मार्टफोन बजारमा अग्रस्थानमा रहेको कोरियाली ब्रान्ड सामसङलाई एप्पलले उछिनेको छ ।
इन्टरनेसनल डाटा कर्पोरेसन (आईडीसी) का अनुसार सन् २०२३ मा एप्पलले २३ करोड ४६ लाख स्मार्टफोन बेचेको थियो भने सामसङले २२ करोड ६६ लाख वटा बेचेको थियो ।







