काठमाडौं । विश्वभर आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रभुत्व तीव्रगतिमा बढिरहेको छ । जनवरी १५ मा स्वीट्जरल्याण्डको डाभोसमा भएको विश्व आर्थिक मञ्च आईएमएफको बैठकमा आईएमएफ प्रमुख क्रिस्टालिना जर्जिएभाले एआईलाई लिएर ठूलो चेतावनी दिएकी हुन् ।
आईएमएफको नयाँ प्रतिवेदनलाई उद्धृत गर्दै जर्जिएभाले भनिन्, ‘एआईको प्रभाव विकासोन्मुख देशहरुमा कम हुन सक्छ तर विश्वव्यापी रुपमा करिब ४० प्रतिशत रोजगारी एआईबाट प्रभावित हुन सक्छ । यसले उन्नत अर्थतन्त्रमा ६० प्रतिशत रोजगारीलाई असर गर्नेछ । तपाइँसँग जति धेरै उच्च कुशल कामहरु छन्, त्यति नै ठूलो प्रभाव पर्नेछ ।’








