२५ पुस, काठमाडौं । नेपालको विद्युतीय भुक्तानीमा एकाधिकार कायम गरेको ‘फोन पे’को सेवा पटकपटक अवरुद्ध हुँदा मुलुकको भुक्तानी प्रणालीमै जोखिम देखिएको छ ।
नेपाली जनताले ९० प्रतिशतभन्दा बढी क्यूआर भुक्तानी ‘फोन पे’ मार्फत नै गर्छन् । बुधबार फोन पेको सेवा बिहानैदेखि दिनभरजसो अवरुद्ध भयो । यसअघि पनि फोनपेको सेवा पटकपटक अवरुद्ध हुने गरेको थियो ।
बिहान ५ बजेदेखि नै फोन पे सिस्टम डाउन भएको र दिनभरजसो सञ्चालनमा नआउँदा डिजिटल बैंकिङ कारोबार गर्ने सेवाग्रहीलेसमस्या भोग्नुपर्यो ।








