भारतमा एटिएम मेसिन नै चोरी !


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
भारतमा एटिएम मेसिन नै चोरी !

काठमाडौँ । भारतको आगरामा एटिएम मेसिन नै चोरी भएको छ । आइतबार राती करिब अढाई बजे आगराको कागारौल गाउँस्थित एसबिआई बैंकको एटिएम मेसिन नै चोरी भएको हो ।

करिब चार–पाँच जनाको समूहमा आएका व्यक्तिहरुले बैंकको एटिएम मेसिन नै चोरेको दृश्य सीसीटिभी क्यामेरामा कैद भएको छ । सीसीटिभी फुटेजमा उनीहरुले एटिएम मेसिनलाई पिकअम भ्यानमा राखेर लगेको देखिएको छ ।

एटिएम बुथबाट आवाज आएपछि एटिएम रहेको घरको माथिल्लो तल्लामा बस्ने रामनिवास रावतले प्रहरीलाई खबर गरेका थिए । उक्त खबर पाएको केही बेरमा प्रहरी घटनास्थल पुग्दा चोरहरुले मेसिन नै गायब गरिसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Read More
  • MBL - below news
  • EBL Ad news