बाँडफाँट भएको छ दिनमै हिमालयन रिइन्स्योरेन्सको आईपीओ डिम्याट खातामा आयो


  • ADBL
  • City Express
बाँडफाँट भएको छ दिनमै हिमालयन रिइन्स्योरेन्सको आईपीओ डिम्याट खातामा आयो

काठमाडौं । बाँटफाँट भएको छ दिनमै हिमालयन रिइन्स्योरेन्स आईपीओ लगानीकर्ताको डिम्याट खातामा आएको छ । हिजो मंगलबार कम्पनीको शेयर डिम्याट खातामा आएको हो । कम्पनीको आईपीओ पुस ११ गते बाँडफाँट भएको थियो । 

शेयर  डिम्याट खातामा आएसंगै यी शेयर नेप्सेमा सुचिकृत भएपछि सुचिकृत भएको भोलिपल्टबाट शेयर कारोबार गर्न सकिने छ । कम्पनीकोे आईपीओले रू. १०३ दशमलव ०७ देखि ३०९ दशमलव २१ सम्मको ओपन रेञ्ज पाउने देखिएको छ । कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वास्तविक प्रतिशेयर नेटवर्थ रू. १०३ दशमलव ०७ रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । सोही कारण कम्पनीले उक्त मूल्य रेञ्ज पाउने देखिएको हो ।

Read More