हिमालयन रिइन्स्योरेन्सको प्रिमियमको आईपीओको विषयमा सर्वोच्चमा परेको रिटमा अर्को साता सुनुवाई हुने भएको छ। यस रिटमा पुस १६ गते सोमबार पेशी तोकिए पनि हेर्न नभ्याइनेमा परेको थियो । अब यस रिटमा पुस २३ गते सोमबार सुनुवाई हुने गरि सर्वोच्च अदालतले पेशी तोकेको छ।
कम्पनीको आईपीओ रोक्न माग गर्दै मङ्सिर ८ गते यम प्रसाद भट्टराई र अधिवक्ता भीमसेन रायमाझीले संयुक्त रुपमा सर्वोच्चमा रिट दायर गरेका थिए। सो रिटमा मङ्सिर ११ गते न्यायधीश डा. कुमार चुडालको एकल इजलाशले सबै विपक्षीलाई कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको थियो। त्यसपछि ३ पटक पेशी तोकिए पनि सो रिट हेर्न नभ्याइनेमा पर्दै आएको छ । यस बीचमा कम्पनीले आईपीओ निष्काशन गरि शेयर बाँडफाँड पनि गरिसकेको छ ।