काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा सन्तोष कोइराला थप अर्को कार्यकालका लागि नियुक्त भएका छन् । गते विहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले कोइरालालाई थप चार वर्षका लागि सिईओमा निरन्तरता दिने निणर्य गरेको हो ।
साढे २ दशकभन्दा लामो अनुभव बटुली सकेका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला आफ्नो करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रुपमा चिनिन्छन् । पहिलो कार्याकालमा बैंक वित्तिय सुचाकांकमा उल्लेख्य सुधार गर्दै डिजिटल प्रविधिमा फड्को मार्नुका साथै, संस्थागत सुशासनमा अव्वल सावित भएका छन् ।








