जर्मनी सरकारबाट प्रस्तावित पाँच अर्ब नौ करोड अनुदान स्वीकार गर्ने सरकारको निर्णय


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
जर्मनी सरकारबाट प्रस्तावित पाँच अर्ब नौ करोड अनुदान स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले जर्मनी सरकारबाट प्रस्तावित ३५ मिलियन युरो (करिब पाँच अर्ब नौ करोड नेपाली रुपैयाँ ) अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सो सहायता स्वीकार गर्ने र  उक्त सहायता सम्झौतामा हस्ताक्षर गर्न अख्तियारी दिने निर्णय गरेको हो।

बैठकले विश्व बैंकबाट प्राप्त हुने प्रस्तावित १०० मिलियन डलर (करिब १३ अर्ब नेपाली रुपैयाँ) ऋणसम्बन्धी सम्झौताको दस्तावेजलाई अन्तिम रुप दिन बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने र वार्ता गर्न अख्तियारी दिने निर्णय गरेको छ।

Read More
  • MBL - below news