मुस्ताङबाट ४९ करोडको स्याउ निकासी, उत्पादन भने साढे २४ प्रतिशत घट्यो


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मुस्ताङबाट ४९ करोडको स्याउ निकासी, उत्पादन भने साढे २४ प्रतिशत घट्यो

म्याग्दी । मुस्ताङबाट यस वर्ष रु ४९ करोडभन्दा बढी मूल्यको स्याउ निकासी भएको छ । 

स्याउ मुस्ताङबाट निकासी हुने प्रमुख कृषि उपज हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मुस्ताङस्थित स्याउ जोन कार्यालयले यस वर्ष उत्पादन भएको ९० प्रतिशत स्याउ बजारमा निकासी भइसकेको जनाएको छ । 

स्याउ जोन मुस्ताङका प्रमुख नेत्रप्रसाद भट्टले जिल्लाभर चार हजार नौ सय ७५ मेट्रिक टन स्याउ उत्पादन भएकोमध्ये चार हजार चार सय ७७ दशमलव पाँच मेट्रिक टन स्याउ देशका विभिन्न ठाउँमा निकासी भएको बताए । ‘मुस्ताङमा फलेकोमध्ये ९० प्रतिशत स्याउ बजारमा निकासी भइसकेको छ,’ उनले भने, ‘करीब पाँच सय मेट्रिक टन स्याउ बेमौसममा विक्री गर्न चिस्यान गृहमा राखिएको छ ।’ 

Read More
  • MBL - below news