एसियन इन्टरनेट कोलिसन (एआइसी) ले नेपालमा डिजिटल प्लेटफर्महरूमा भएको प्रतिबन्धबारे सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र पठाएको छ।
टिकटक बन्द र सामाजिक सञ्जाल नियमन गर्न ल्याइएको निर्देशिकामा उल्लिखित केही प्रावधानबारे ध्यानाकर्षण जनाउँदै एआइसीले सञ्चारमन्त्री रेखा शर्मालाई पत्र पठाएको हो।
उसले डिजिटल प्लेटफर्मलाई लिएर नेपाल सरकारले गरेका निर्णयहरू विश्वव्यापी अभ्यासविरूद्ध रहेको भन्दै त्यसबारे सँगै बसेर छलफल गर्न मन्त्री शर्मासँग अनुरोध गरेको छ।








