भारतीय शेयर बजार पुनः अल टाइम हाइ पुगेकाे छ । भारतकाे शेयर बजारले शुक्रबार फेरि नयाँ रेकर्ड बनाएको छ । कारोबारको क्रममा, सेन्सेक्स ६९,८८८ विन्दुसम्म पुगेकाे थियाे । यस्तै, निफ्टी २१,००६.१० को स्तरमा पुगेकाे थियाे।
यसअघि डिसेम्बर ६ मा सेन्सेक्सले उच्च विन्दु ६९,७४४.६२ छाेएकाे थियो । यस्तै, निफ्टीले २०,९६१.९५ विन्दुमा पुगेर नयाँ रेकर्ड बनाएकाे थियो। निफ्टीले पनि डिसेम्बर ६ मा नै अलटाइम हाइ बनाएकाे थियाे ।
याे समाचार तयार पार्दासम्म सेन्सेक्स बढेर ६९,५८५ को विन्दुमा कारोबार गरिरहेको छ। निफ्टी भने घटेर २०,८८७ को स्तरमा कारोबार भइरहेको छ । सेन्सेक्सका ३० वटा स्टकमध्ये १६ वटा बढेका छन् भने १४ वटा घटिरहेका छन् । जेएसडब्लू स्टील र एचसीएल टेक टप गेनर मध्येका हुन्। घट्ने स्टकमा एमएण्डएम (M&M), टाटा मोटर्स, एयरटेल र बजाज फाइनान्स रहेका छन्।
निफ्टी-५० का २० स्टक बढे, ३० ओरालो
एचसीएल टेक (HCL Tech), एलटीआइ माइण्ड ट्री (LTI Mind-Tree), जेएसडब्लु स्टील (JSW Steel), एलटी (LT), एचडीएफसी बैंक (HDFC Bank), टाइटन (Titan) र इन्फाेसिस (Infosys) लगायत निफ्टी-५० को २० वटा शेयरहरू बढिरहेका छन्। साेहि समयमा, अडानी पोर्ट्स, अडानी इन्टरप्राइजेज, हिरो मोटोकर्प, डिभिस ल्याब, एम एन्ड एम, बीपीसीएल, सिप्ला र ओएनजीसी लगायतका ३० निफ्टी स्टकहरू गिरावट देखिएकाे छ।
बैंक, वित्तीय सेवा र आईटी क्षेत्रहरूमा बूम
सेक्टरल परिसूचकमा बैंक, वित्तीय सेवा, सूचना प्रविधि, सञ्चारमाध्यम र निजी बैंक क्षेत्रको वृद्धि दर देखिएको छ । अटो, एफएमसीजी, मेटल, फार्मा, पीएसयू बैंक र रियल्टी सेक्टरमा गिरावट आएको छ।








