भारतले सन् २०२४ को मार्चको अन्त्यसम्मका लागि प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ ।आजैदेखि लागू हुनेगरी भारतको विदेश व्यापार महानिदेशालय र वाणिज्य तथा उद्योग मन्त्रालयले प्याज निर्यातमा प्रतिबन्ध लगाएको हो । यस अघि भारतले नियन्त्रीत मूल्यमा प्याज निर्यात गरिरहेको हो । अक्टोबर २९ देखि डिसेम्बर ३१ सम्म प्रतिकिलो न्यूनतम ६७ भारतीय रुपैयाँमा प्याज निर्यात गर्ने निर्णय गरेको थियो ।
तर आन्तरिक रुपमै प्याज र गोलभेडाको माग उच्च हुन थालेपछि भारतले पूर्व निर्धारित समय अगावै निर्यात प्रतिबन्ध लगाएको हो ।








