घट्दो क्रममा रहेको मुद्रास्फीति नेपालमा अझै उच्च : आईएमएफ


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
घट्दो क्रममा रहेको मुद्रास्फीति नेपालमा अझै उच्च : आईएमएफ

काठमाडौं । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालमा मुद्रास्फीति घट्दो क्रममा रहे पनि अझै उच्च रहेको बताएको छ । 

नेपालको विस्तारित कर्जा सुविधा व्यवस्थाअन्तर्गतको तेस्रो समीक्षापछि आईएमएफको नेपालका लागि कार्यकारी निर्देशकले वक्तव्य जारी गर्दै यस्तो बताएका हुन् । 

पोस्ट–प्यान्डेमिक रिबाउन्ड र क्रेडिट बूमले उत्प्रेरित गर्दा पनि गत वर्ष नेपालको आर्थिक वृद्धि उल्लेखनीयरूपमा सुस्त भएको उनले बताए । ‘कम घरेलु मागले बाह्य दबाब समाधान गर्न मद्दत गर्याे । तर, सरकारी राजस्व पनि घटायो । खर्च अनुशासनको बावजुद वित्तीय घाटा फराकिलो भयो,’ उनले भने । 

Read More
  • MBL - below news