सञ्चालनमा आयो माछापुच्छ्रे सेक्युरिटिज, धितोपत्र बोर्डका अध्यक्ष हमालले गरे उद्घाटन


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सञ्चालनमा आयो माछापुच्छ्रे सेक्युरिटिज, धितोपत्र बोर्डका अध्यक्ष हमालले गरे उद्घाटन

माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको माछापुच्छ्रे सेक्युरिटिज लिमिटेड औपचारिक रुपमा नै सञ्चालनमा आएको छ । बिहीबार आयोजना गरिएको एक औपचारिक कार्यक्रमकाबीच नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले उक्त सेक्युरिटिजको समुदघाटन गरे ।

काठमाण्डौँको जमलस्थित नेपाल चेम्वर भवनमा कार्यालय रहने गरि माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले औपचारिक रुपमा कार्य थालेको हो ।

माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको औपचारिक उद्घाटन गर्दै प्रमुख अतिथि तथा बोर्डका अध्यक्ष रमेश कुमार हमालले धितोपत्र बजारको विकास र विस्तारको लागि माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले धितोपत्र बजारमा नयाँ सेक्युरिटिजको रुपमा उदय भएकोमा स्वागत गर्दै लगानिकर्ताहरुमा धितोपत्र कारोबारको विश्वसनियता बढाउदै आगामी दिनमा कार्य सफलताको लागि शुभकामना व्यक्त गरे । 

Read More
  • MBL - below news