इजरायल र प्यालेस्टाइनकाे युद्धका कारण स्टारबक्सलाई घाटा, १९ दिनमा शेयर ८.९६ प्रतिशतले गिरावट


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
इजरायल र प्यालेस्टाइनकाे युद्धका कारण स्टारबक्सलाई घाटा, १९ दिनमा शेयर ८.९६ प्रतिशतले गिरावट

सियटलस्थित स्टारबक्स कर्पोरेशनमा विश्वव्यापी राजनीतिक तनाव हावी भइरहेकाे छ । जसको परिणामस्वरूप कम्पनीले यसको बजार मूल्यमा करिब ११ बिलियन डलर गुमाएको छ। यस कारण कम्पनीको कुल मूल्य ९.४ प्रतिशतले घटेको छ ।

नोभेम्बर १४ मा रेड कप डेकाे प्रवर्द्धनपछि १९ दिनमा स्टारबक्सको शेयरमा  ८.९६ प्रतिशतले गिरावट आएको छ । जुन करिब ११ बिलियन डलर बराबरकाे घाटा हाे।

सियटल, वाशिंगटनमा रहेकाे स्टारबक्स हाल भूराजनीतिक तनावबाट प्रभावित रहेकाे छ। कम्पनीले स्टारबक्स वर्कर्स युनाइटेडको ट्वीटपछि बहिष्कारको सामना गरेकाे थियाे । स्टारबक्स वर्कर्स युनाइटेडले धेरै बारिस्टाहरूको प्रतिनिधित्व गर्दछ। उक्त ट्विटले प्यालेस्टिनीहरुप्रति सहानुभूति व्यक्त गरेको थियाे ।

एक उद्योग विश्लेषकले गाजा पट्टीमा इजरायलको कारबाही पछि सुरु भएको बहिष्कार कम्पनीको भविष्यका लागि चुनौतीपूर्ण अवस्था रहेको बताए।

Read More
  • MBL - below news