काठमाडौं । साताको अन्तिम कारोबार अर्थात बिहीबार सेयर बजारमा सामान्य सुधार आएको छ ।
आजको दिन बजार ११.७३ अंकले बढेर १८५२ को विन्दुमा कायम हुन आएको छ ।
आज सेयर बजारमा सुधार आउँदा सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनीको प्रमोटर सेयरको कारोबार भएको छ जस अनुसार कम्पनीको ८६ करोड ८३ लाख ७८ हजार रुपैया बराबरको कारोबार भएको छ।








