नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनमाथि करोडौँ रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ । एशोसिएशनका पदाधिकारीहरुले गैरकानुनी रुपमा पेट्रोल पम्पहरुसँग मार्गस्थल बीमा शुल्क उठाएको र त्यसरी उठाएको करोडौँ रकम हिनामिना गरेको आरोप लागेको हो ।
अख्तियार दुरुपयोग अनुसान्धान आयोग सहितका निकायमा छानबिनका लागि परेको उजुरीमा तोकिए भन्दा बढी बीमा शुल्क उठाएर अपचलन गरेको आरोप लगाइएको छ । नेपाल आयल निगमले मार्गस्थल बीमाशुल्क अन्तर्गत डिजेलका लागि प्रतितिटरमा ०.०७ रुपैयाँ, पेट्रोलका लागि प्रतिलिटरमा ०.०६ रुपैयाँ र मट्टितेल प्रतिलिटरमा ०.०७ रुपैयाँ बीमाशुल्क संकलन गर्ने प्रावधान भएपनि यसको विपरित हुने गरि पेट्रोलियम डिलर्स एशोसिएशनले उक्त दरभन्दा बढी शुल्क उठाएर रकम अपचलन गरेको आरोप उजुरीकर्ताले लगाएका छन् ।







