नियामक निकाय नेपाल बीमा प्राधिकरण (तत्कालिन बीमा समिति) ले बीमा बीमा कम्पनीहरूको चुक्तापूँजी बढाउने निर्णय गरेको २० महिना बितिसकेको छ । एक महिनामा पुूँजी वृद्धिको कार्य योजना र एक वर्षभित्र पूँजी वृद्धि गर्न भन्दै प्राधिकरणले २०७८ को चैतमा निर्देशन दिएको थियो ।
तत्कालका लागि एक वर्षको समय दिएको प्राधिकरणले पछि उक्त समयमा तीन महिना थप गर्दै २०८० को असार मसान्तसम्म पुूँजी वृद्धि गर्ने समय दियो । सो बमोजिम जीवन बीमा कम्पनीले ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ पुँजी पुर्याउनु पर्ने थियो ।







