सात किलो सुनका कारोबारी हुण्डी कारोबारमा पनि संलग्न


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सात किलो सुनका कारोबारी हुण्डी कारोबारमा पनि संलग्न

काठमाडौँ । सात किलो सुनका कारोबारी हुण्डी कारोबारमा पनि संलग्न रहेको पुष्टि भएको छ । अवैध रुपमा सुनको कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका कैलालीको लम्कीचुहा नगरपालिका–७ का पदमप्रसाद पाण्डे हुण्डी कारोबारी पनि रहेको प्रहरीले पुष्टि गरेको हो ।

प्रहरीले काठमाडौँ महानगरपालिका–२२ स्थित न्यूरोडमा सञ्चालित दुईवटा सुन पसलमा छापा मारेर उनको साथबाट प्रहरीले ७ किलो ८ सय ग्राम सुन बरामद गरेको थियो । न्यूरोडमा सञ्चालित ‘ओम पर्ल गोल्ड प्रा.लि’ र  ‘कैलाश ज्वेलर्स प्रा.लि’ का सञ्चालक कैलालीको लम्कीचुहा नगरपालिका–७ का पाण्डेलाई अवैध सुन तथा हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले मंगलबार पक्राउ गरेको हो । 

Read More
  • MBL - below news