राष्ट्र बैंकले भन्यो, 'कर्जाको ब्याजदर अझै घट्छ, अब कर्जा लगानी बढ्दै जान्छ'


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
राष्ट्र बैंकले भन्यो, 'कर्जाको ब्याजदर अझै घट्छ, अब कर्जा लगानी बढ्दै जान्छ'

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कर्जाको ब्याजदर अझै घट्दै जाने र कर्जा लगानी बढ्दै जाने बताएको छ। बुधबार राष्ट्र बैंकले अर्थ समितिमा भएको छलफलमा यस्तो बताएको हो।

चालु आर्थिक वर्षमा बैंकहरुको ब्याजदर घट्दो क्रममा रहेको उल्लेख गर्दै गत आर्थिक वर्षको असोजमा १०.३४ प्रतिशत रहेको बैंकहरुको आधार दर चालु आर्थिक वर्षको सोहि अवधिमा ९.९४ प्रतिशतमा झरिसकेको बताएको छ। पछिल्लो समय निरन्तर घट्दै गएको कर्जाको ब्याजदर पनि अझै घट्ने राष्ट्र बैंकले जनाएको छ। बैंकहरुले निक्षेपको ब्याजदर घटाउदै लगेकाले कर्जाको ब्याजदर थप घट्ने राष्ट्र बैंकले जनाएको हो।

यसैगरी पछिल्लो समय तरलतामा आएको सुधार र घट्दै गएको ब्याजदरले गर्दा कर्जा प्रवाह बढ्दै जाने बताएको छ। अहिले बैंकहरुमा अधिक तरलता रहेको छ भने ब्याजदर निरन्तर रुपमा घट्दै गएको छ। तर पनि बैंकहरुमा कर्जाको माग धेरै छैन। राष्ट्र बैंकले भने अब कर्जा प्रवाह बढ्दै जाने उल्लेख गरेको छ।

Read More
  • MBL - below news