काठमाडौं । तस्करी गरी ल्याइएको सुन पगाल्ने कारखाना न्यूरोडमा पनि भेटिएको छ । सुन तस्करीबारे अनुसन्धान गरिरहेको नेपाल प्रहरीले यसअघि पनि विभिन्न स्थानमा यस्ता कारखाना फेला पारेको थियो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट खटिएको टोलीले मंगलबार राति सो कारखाना फेला पारेको हो । संघीय राजधानीको केन्द्र मानिने न्यूरोडस्थित एक घरमा सुन कारखाना फेला परेको र त्यसका सञ्चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरी स्रोतले आर्थिकन्यूजलाई जानकारी दिएको छ ।








