उपभोक्तामाथि लुट मच्चाउँदै पानी व्यापारी, प्रशासन मौन


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
उपभोक्तामाथि लुट मच्चाउँदै पानी व्यापारी, प्रशासन मौन

टीकापुर, मङ्सिर २० गते । कैलालीका पानी उत्पादकहरूले पानी विक्रीमा लुट मच्चाए पनि स्थानीय प्रशासन भने मौन रहेको छ । प्रशासन र नियामक निकायकै अगाडी एक बोतल पानीलाई ३० रुपियाँ एमआरपी मूल्य पिन्ट गरी विक्री गर्दे उपभोक्ता माथि ठगी गर्ने गरेको हो । 

यो बजार मुल्यको दुई सय प्रतिशत बढी हो । कैलाली बर्दगोरियामा रहेको आकाश गङ्गा वाटर बेभरेज प्रालिको बेन्सी ब्राण्डको पानीको बिक्री मूल्य ३० रुपियाँ राखेको छ । बिक्रेताहरूले उपभोक्तालाई पनि सोही मूल्यमा पानी बेचिरहेका छन् । 

धनगढी उपमहानगरपालिकाको पश्चिम गेटमा रहेको स्पेसल पराठा सेन्टरका सञ्चालक अमिर अवस्थीले आफूले अधिकतम खुद्रा मूल्य लिएर पानी बेचिरहेको बताउनुभयो । कम्पनीले नै प्रतिकार्टुन (१२ वटा) को १५० मा विक्रेतालाई दिने गरेका छन् भने खुद्रा विक्रेताले १४० प्रतिशत नाफा लिएर बेच्ने गरेका छन् । बेन्सी त्यही कम्पनी हो जसको प्याक गरेको बोतलभित्र २०७९ असारमा माकुरा भेटिएको थियो ।

Read More
  • MBL - below news