नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीप्रति सेयर लगानीकर्ताहरुले सामाजिक संजाल तथा पब्लिक फोरम मार्फत आक्रोस छताछुल्ल पोख्न थालेका छन् । गभर्नर अधिकारीले ल्याएको कसिलो मौद्रिक नीतिका कारण सेयर बजार धरासायी भएको आरोप लगाउँदै उनीहरुले यस्तो असन्तुष्टी पोखेको बताँएका छन् । यसरी सामाजिक संजालमा लेख्नेमा सेयर बजारका चर्चित अनुहारहरु समेत छन् ।
विशेष गरेर सहज अवस्थामा पनि चाहिनेभन्दा बढी कसिलो नीति गभर्नर अधिकारीले लिएको उनीहरुको आरोप छ । गभर्नर अधिकारीले लिएका कतिपय नीति पूर्वाग्राहि भएको समेत उनीहरुले भन्दै आएका छन् ।








