कम्पनीले आयकर तिरेर कमाएको खुद नाफामा लाभांश कर लिनु दोहोरो कर भयो भन्ने आवाज बेलाबेलामा उठ्ने गर्छ। खासगरी नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत कम्पनीका सेयरधनीले यस्तो गुनासो गरेको देखिन्छ। कम्पनीमा सेयरधनीले हालेको पैसाबाट कम्पनीले नाफा आर्जन गरी उक्त आर्जनको तोकिएको आयकर तिरेर सेयरधनीलाई नाफाको रूपमा बाँकी रहेको रकम लाभांश वितरण गरेको हुँदा यसमा लाभांश कर लिनुहुन्न भन्ने मत देखिन्छ।
व्यावहारिक रूपभन्दा यस्तो करको सैद्धान्तिक पक्ष बुझ्नुपर्ने हुन्छ। यसलाई बुझ्नको लागि कम्पनी र सेयरधनी तथा आय र लाभांशलाई छुट्टाछुट्टै बुझ्नुपर्ने हुन्छ।
के हुन् कम्पनी र सेयरधनी ?








