काठमाडौँ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको बाह्रौँ वार्षिक साधारण सभाले बोनस सेयर र नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैठकले २८.५% बोनस शेयर र बोनस शेयरको कर प्रयोजनका निम्ति १.५% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
यस पश्चात् एनसीएचएलको चुक्ता पुँजी रु. १ अर्ब ६६ लाख ३७ हजार ९०० बराबरको हुनेछ साथै बैठकले अधिकृत पुँजी वृद्धि गरी रु २ अर्ब पुर्याउन स्वीकृत गरेको छ । कम्पनीले पुँजी वृद्धि मार्फत नेशनल पेमेन्ट स्वीचमा लगानी गर्नका साथै नेशनल तथा क्रस बोर्डर कारोबारका लागि थप भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने र जोखिम व्यवस्थापनलाई सुदृढ बनाउनका लागि उक्त पुँजी प्रयोग गर्नेछ ।