नबिल बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
बैंकले मङ्सिर १० गते एक हजार रुपैयाँ अङ्कित तीस लाख इकाई ऋणपत्र निष्काशन गर्न अनुमति पाएको हो । बैंकले ९ प्रतिशत ब्याजदर भएको सात वर्षे "नबिल डिबेञ्चर २०८७" निष्काशन गर्न लागेको हो । कुल तीस लाख कित्तामध्ये एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता कम्पनीले निजी तवरबाट बिक्री गर्नेछ भने बाँकी एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बिक्री गरिनेछ।








