यसरी पुर्याउँदैछ नेपाल इन्स्योरेन्सले चुक्ता पुँजी


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
यसरी पुर्याउँदैछ नेपाल इन्स्योरेन्सले चुक्ता पुँजी

काठमाडौं । नेपाल इन्स्योरेन्सको चुक्तापुँजी कम्पनीले पेश गरेको योजना अनुसार नै पुग्ने भएको छ । नेपाल बीमा प्राधिकरणले २०८० साल असार मसान्तसम्म बीमा कम्पनीहरुलाई पुँजिवृद्धि गर्ने निर्देशन दिएको थियो । तर, नेपालको पहिलो बीमा कम्पनी भएकाले र सरकारी स्वामित्व समेत रहेकाले कम्पनीले पेश गरेको पुँजी वृद्धि योजना सफल नभएपनि प्राधिकरणले छुट दिएको थियो । 

कम्पनीले आफ्नो नाममा रहेका विभिन्न कम्पनीको शेयर र जग्गा विक्री गरेर पुँजी पुर्याउने योजना पेश गरेको थियो । उक्त योजना अनुसार विराटनगरको जग्गा हिमालयन एभरेष्ट इन्स्योरेन्सले १० करोडमा खरिद गरेको छ भने नेपाल रिइस्योरेन्समा रहेको ६० करोड बराबरको शेयर विक्रीको प्रक्रिया अघि बढेको कम्पनीका सूचना अधिकृत चन्द्रनाथ उप्रेतीले बताए ।

Read More
  • EBL Ad news