कैलाली । सुदुरपश्चिम प्रदेशकै प्रमुख गौरिफन्टा नाकामा रहेको क्वारेन्टाइन बन्द हुँदा आयात निर्यात ठप्प भएको छ । जसका कारण कच्चा पर्दाथमा निर्भर उद्योगहरु समस्यामा परेका छन्, भने संघीय सरकारको उदासिनताले समग्र सुदूरपश्चिमको अर्थ बजार प्रभावित बनेको छ ।
सरकारको हेलचेक्क्र्याईँले अहिले सुदूरपश्चिमको अर्थ बजार प्रभावित छ । यहाँ व्यापारीले टाउकोमा हात राख्नु पर्ने मात्रै नभई उपभोक्ताले समेत मार खेप्नु परिरहेको छ । सुदुरपश्चिमको प्रमुख नाका गौरिफन्टामा संचालित प्लान्ट क्वारेन्टाइन एवम् बिषादी व्यवस्थापन केन्द्र गत साउन २८ यता बन्द छ । क्वारेन्टाइन कार्यालय गड्डाचौकी कन्चनपुरले अस्थायी रुपमा कैलालीमा विगत ५ वर्ष देखी सेवा सञ्चालन गर्दै आएको थियो । तर, संंघीय सरकारले कैलालीबाट प्रवाह हुने सेवा बन्द गरे पछि उद्योगी व्यवसायीहरु मारमा परेका छन् । ।









