काठमाडौं : तिहारमा लक्ष्मीपूजाको विशेष महत्त्व छ। धनकी देवी लक्ष्मीको पूजाका लागि घर, अफिसका कुना–कुना सफा गर्ने गरिन्छ। माता लक्ष्मी खुसी पार्नका लागि सुन, चाँदी, तामा, पित्तललगायतका सामानहरू जोड्ने चलनमा पनि छ। यीसँगै माता लक्ष्मीको प्रिय वस्तु कुचो किन्ने पनि प्रचलनमा छ। अन्य धातुका सामान किन्न नसके पनि लक्ष्मीपूजाका लागि भनेर नयाँ कुचो किन्ने संस्कृति रहेको छ।









