नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले मंसिरभित्रै कमोडिटी एक्सचेन्जको लाइसेन्स प्रदान गरिने बताएका छन् । नेपाल उद्योग परिसंघले आयोजना गरेको ‘बजेट वाच’ कार्यक्रममा अध्यक्ष हमालले मंसिर महिनाभित्रै कमोडिटी एक्सचेन्जको लाइसेन्स दिइने बताएका हुन् ।
उनले कमोडिटी एक्सचेन्जको लाइसेन्स दिने सन्दर्भमा विभिन्न समयमा प्रक्रिया स्थगित हुँदै आएपनि अब नरोकिने बताए । अध्यक्ष हमालले मूल्यांकन समितिले आफ्नो काम सकिसकेको जानकारी गराउँदै तिहार र छठ लगत्तै निर्णय हुने जानकारी गराएका छन् ।








