काठमाडौं : विश्वको सबैभन्दा ठूलो बैंकमाथि बिहीबार साइबर हमला भएको छ । विश्वको सबैभन्दा ठूलो बैंक चीनको ‘इन्डस्ट्रियल एन्ड कमर्सियल बैंक अफ चाइना (आइसीबीसी)’ को अमेरिकी डिभिजनमा साइबर हमला भएपछि यसले गरेका कारोबारहरु ‘युएसबी स्टीक (पेन ड्राइभ)’ को प्रयोग गरी राफसाफ गरिएको ब्लुमबर्गले उल्लेख गरेको छ ।
साइबर आक्रमणबाट प्रभावित भएपछि आइसीबीसीको कारोबार सेटलमेन्ट सिस्टमबाट ठूलो संख्यामा अमेरिकी ट्रेजरी राफसाफ हुन सकेन । जसका कारण पेन ड्राइभबाट राफसाफ विवरण सम्बन्धित निकायमा पुर्याउन आइसीबीसी बाध्य भएको थियो । उक्त साइबर हमला रुससँग सम्बन्धित ‘लकबिट ग्यांग’ ले गरेको हुनसक्ने बजार सहभागीहरुले अनुमान गरेको ब्लुमबर्गले लेखेको छ ।









